×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

बाजुरा जोड्ने सडक पहिरोले भासिएर १३ दिनदेखि अवरूद्ध

४ श्रावण २०७७

४ साउन, धनगढी । साँफे-मार्तडी सडक पहिरोले भासिएर १३ दिनदेखि अवरूद्ध छ ।

माथि बस्ती र तल नदी रहेको बाजुराको बुढीगंगा नगरपालिक-१ द्धारीमा भासिएको झन्डै सय मिटर सडक दुई साता बित्न लाग्दा पनि बन्न नसकेको हो । सोही सडकको मर्मत गर्ने र वैकल्पिक सडक बनाउने दुबै प्रयास गरे पनि सफल नभएको सडक कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

बाजुराको सदरमुकाम जोड्ने मुख्य सडक अवरूद्ध हुँदा जिल्लावासीलाई समस्या भइरहेको छ । बाजुराभित्र र अन्य जिल्लासमेतमा आवागमन, औषधी उपचारका लागि एम्बुलेन्स चलाउन, दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा अवरोध भएपछि स्थानीयलाई समस्या परेको हो।

बुढीगंगा नगरपालिका(३ का मदन बिकले ढुवानी नहुँदा बजारमा महंगी बढेको बताए। औषधि उपचार गर्न जान परे पनि समस्या हुन थालेको उनको भनाइ छ। बडिमालिका नगरपालिका(६ की कल्पना बिकले मार्तडी बजारमा ट्रकको सामान ओसार्ने मजदुरलाई समेत समस्यामा परेको बताइन्।

पहिरो र सडक भासिने गरेकाले सोही सडक मर्मत हुन नसकेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। सडक विभागले बाटो खोल्न ११ दिनदेखि काम गरिरहेको भए पनि तत्काल बाटो खोल्न नसकिएको गैह्रेको भनाइ छ।

Advertisement
Advertisement

सडक मर्मत गर्दागर्दै फेरि पहिरो आएकाले काम रोकिएको उनले जानकारी दिए। अस्थायी वैकल्पिक सडक खोल्ने विषयमा अध्ययन भइसकेको भए पनि त्यो पनि हुन नसकेको गैह्रेले बताए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top