झापाको सीमावर्ती क्षेत्रमा प्रहरी र भारतीय नागरिकबीच झडप, ४ राउण्ड हवाई फायर

३ साउन ७७, आइतबार

४ साउन, विराटनगर । भारतसंग सीमा जोडिएको झापाको गौरीगञ्ज गाउँपालिकाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको छ ।

गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति ९ बजेतिर प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो । सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार सीमास्तम्भ १५२ नजिकै घटना भएको थियो । भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।

Advertisement

समावर्ती क्षेत्रमा रहेको मलाह टोलका भारतीय नागरिकले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको बताइएको छ । सो टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको थियो । लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार घटनामा सशस्त्र प्रहरी जवान सामान्य घाइते छन् । घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको उनले बताए ।
शुक्रबार र बिहीबार राति पनि सुनसरीको सीमावर्ती क्षेत्रमा फायर भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top