काठमाडौंमै ड्युटीमा खटिएका प्रहरीमाथि हातपात, एकजना घाइते

३ साउन ७७, आइतबार

४ साउन, काठमाडौं ।
काठमाडौं महानगरपालिका ३१ ठुलो खरिबोटस्थित ड्युटीमा खटिएका प्रहरीमाथी हातपात भएको छ ।

Advertisement

हातपातका क्रममा एक प्रहरी घाइते भएका छन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हातपात गर्ने कार्यमा संग्लन १९ वर्षीय कुमार रोक्कालगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँड्दा देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली गलौज गरी हातपात गरेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top