५ साउन, काठमाडौं ।
पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । गएरातीबाट परको पानीका कारण चार किलो भन्ने स्थानमा पहिरोजाँदा सवारी आवागमन अवरुद्ध भएको हो ।
पहिरो अहिले पनि खस्ने क्रम नरोकिएको र पानी परिरहेकाले सडक पन्छाउन सक्ने अस्बस्था नरहेको नरायणगढ मुग्लिन सडक परियोजनाका इञ्जिनियर शिव खनालले बताए ।
सडक पन्छाउन आज दिन भर लाग्न सक्ने हुँदा सो सडक भएर आवतजावत गर्ने सवारी साधनलाइन वैल्पिक बाटो प्रयोग गर्न उनले आग्रह गरे । उनले सो स्थानमा यस अघि पनि पहिरो गइरहने गरेको समस्या ग्रस्त क्षेत्र भएको बताए ।