×

NEPAL TIMES UPDATES

Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026

नेपाल प्रहरीलाई ८ थान ‘लिडार स्पिड गन’ हस्तान्तरण

५ श्रावण २०७७

५ साउन, काठमाडाैँ ।
यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन (Lidar Speed Gun) प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई यातायात व्यवस्था विभागका महानिर्देशक ई. गोगन बहादुर हमालले ८४ लाख रुपैयाँ मूल्य बराबरका उक्त गन हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन हस्तान्तरणका लागि यातायात व्यवस्था विभागप्रति आभार व्यक्त गरे। तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सिसिटिभी जस्ता प्रविधि अपनाईरहेको सन्दर्भमा उच्च प्रविधिको गन थप हुँदा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे।

Advertisement

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सडक दुर्घटनाबाट हुने जनधनको क्षतितर्फ नेपाल प्रहरी सजग र संवेदनशील रहेको सन्दर्भमा यातायात व्यवस्था विभाग समेत संवेदनशील रही सडक सुरक्षाको लागि अझ लागी पर्नुपर्नेमा जोड दिए । विभागबाट यस्ता प्रविधिहरु थप जडान हुने अपेक्षा रहेको उनले उल्लेख गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक ई. हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको बताए । समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जिपिएस प्रणाली जडान, स्मार्ट लाईसेन्स वितरण लगायतका कार्य गरिरहेको उनले चर्चा गरे । सवारी साधनको तीव्र गतिको कारण राज्यलाई ठूलो धनजनको क्षति भएको र सार्वजनिक सवारी साधनमा समेत अपराधजन्य घटना घटिरहेको अवस्थामा यसको न्यूनीकरणको लागि लिडार स्पिड गनको महत्व रहेको बताउँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य गरेर अगाडि बढ्ने समेत उनले बताए ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले लिडार स्पिड गनबारे प्रस्तुतीकरण गर्दै सडकमा गुड्ने सवारीको गति मापन, सवारी साधन र सवारी चालक पहिचान तथा प्रमाण संकलनका लागि उक्त गन प्रयोग हुने जानकारी गराए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा.आशा सिंह र हरि बहादुर पाल, यातायात व्यवस्था विभागका निर्देशकद्वय तीर्थराज खनाल र रामचन्द्र पौडेल, विभागका प्राविधिक सल्लाहकार डा. पदम बहादुर शाही, प्रहरी नायव महानिरीक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top