बढी मूल्यमा टिकट बिक्री गर्नेमाथि नेपाल एयरलाइन्सले कारबाही गर्ने

५ साउन ७७, मंगलबार

६ साउन, काठमाडाैँ ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चार्टर्ड उडानका दौरानमा कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाइ दिने भनी आफ्नो सम्पर्क नं सहित विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित गरेकोसमेत बुझिएको भन्दै निगमले साेमबार एक विज्ञप्तिमार्फत त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्बन्धित सबैलाई सूचीत गरेको छ ।

Advertisement

यदि निगमको वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट विक्री गरेको प्रमाणित भएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने निगमले जनाएको छ । निगमका उद्धार उडान तालिका र भाडादरसम्बन्धी जानकारी चाहिएमा निगमको निम्न नं ४२४८६१४, ४२४८६२५ मा सम्पर्क गर्नुहुन् तथा निगमको वेबसाइटमा हेर्न हुनसमेत अनुरोध गरेको छ ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू भएको लकडाउन ९बन्दाबन्दी० का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश फर्काउने कार्यमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो सामाजिक जिम्मेवारी समेतको बोध गर्दै सुलभ तथा सहुलियतपूर्ण भाडादरमा उद्धार उडान सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

Advertisement

उद्धार उडान तालिका र तोकिएको भाडादर निगमले आफ्नो वेबसाइटमा प्रकाशित गरी सोहीबमोजिम उडान सञ्चालन गरिरहेको, साथै उडान तालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान नगरिएको पनि निगमले जानकारी गराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top