×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

केरुङ छ्यो हिमताल फुट्ने चेतावनी, भोटेकोशी किनारमा सतर्क रहन आग्रह

६ श्रावण २०७७

६ साउन, सिन्धुपाल्चोक ।
चीनको तिब्बतको खाशा क्षेत्रमा रहेको केरुङ च्छो ताल फुटेर नेपालतर्फ आउन सक्ने भन्दै भन्दै जिल्ला बिप्द ब्यबस्थापन समितिले सिन्धुपाल्चोकका नदी आसपास क्षेत्रमा बस्नेलाई सचेत रह्न आग्रह गरेको छ । उक्त पोखरी फुटेमा नेपालको भोटे कोशीमा मिसिन आइपुग्ने र उच्च जोखिम हुने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् ।

चीनको न्यालम क्षेत्रमा अत्याधिक बर्षा भईरहेकोले उक्त ताल भरिन गई फुट्न सक्ने चीनका समकक्षीका दोभाषेमार्फत जानकारी भएकोले भोटेकोशी गाउँपालिका, बाह्बिसे नगरपालिका, सुनकोशी गाउँपालिका लगायत भोटेकोशी र सुनकोशी नदीमा आसपास रहेकालाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको जानकारी दिएका छन् ।

Advertisement
Advertisement

उक्त ताल फुटेमा भोटेकोशी नदीमा पानीको बाहव अत्याधिक बढने र ठूलो रुपमा धनजनको क्षति हुन सक्ने भएकोले नदी आसपासमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा गएर बस्न र सर्तकता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । उक्त ताल फुटेमा तातोपानी, बाह्बिसे, लामोसाँघु, खाडीचौर, कोठे, बलेफी, सुकुटे, लगायतका नदी आसपास नजिक बसोबास गर्नेहरु खतरामा पर्ने छन् । सो पोखरी फुटेमा दोलालघाट, सिन्धुली, रामेछाप र तराईका जिल्ला समेतलाई असर गर्ने छ ।

Advertisement
Advertisement

प्रहरीले बेलुकी ६ बजेबाट नै नदी आसपास बस्नेहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा गएर बस्न सचेत गराई रहेको छ । प्रजिअ ढकालका अनुसार चीनले नेपाल सीमानामा पर्ने मितेरीपुल देखि खाशासम्म आपनो क्षेत्रका स्थानीयलाई अन्यत्र सारेको जानकारी आएको बताए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top