×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

अन्त्य भयो लकडाउन

६ श्रावण २०७७

६ साउन, काठमाडौँ ।
चैत ११ गतेदे देखि जारी गरिएको लकडाउन अन्त्य भएको सरकारले घोषणा गरेको छ । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको हो ।

मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

Advertisement
Advertisement

बिद्यार्थी भर्नाको बाटो खुल्यो, होटल पनि खुल्ने
सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निणर्य गरेको छ । साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट विद्यालयमा भर्ता खुला गर्ने निणर्य गरेको हो। यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निणर्य सरकारले गरेको छ।

यस्तै छोटो, मध्यम र लामो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने सरकारले निणर्य गरेको छ। साउन १५ देखि होटल रेस्टुरेन्ट , ट्रकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निणर्य गरेको छ। आउँदो हिउँदलाई ध्यानमा राखी ट्रेकिङको बुकिङ खोल्न सकिने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्। खुला गरिएका सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने सरकारले व्यवस्था गरेको छ ।

Advertisement
Advertisement

सेमिनार ,बैठक,ब्युटी पार्लर,हेल्थ क्लब,सैलुन,धार्मिक स्थल सञ्चालन गर्न भने अझसम्म पनि पाइने छैन। संक्रमण बढ्यो भने सरकारले खुला गरेका क्षेत्र पुन बन्द गर्न सक्ने समेत निणर्य भएको मन्त्री खतिवडाले जानकारी दिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top