मास्क नलगाउनेलाई जरिवाना

७ साउन ७७, बिहीबार

८ साउन, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको छ ।

गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई १०० रुपैयाँ जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो ।

निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

Advertisement

“असार २४ गतेदेखि यहाँका नागरिकलाई अनिवार्य रुपमा मास्क लगाएर हिँड्डुल गर्न सूचना गरेको प्रहरीले अटेरी गर्ने एक हजार ५९ जनालाई कारबाही गरिएको हो,” उनले भने, “उनीहरुलाई १०० रुपैयाँ जरिवाना गर्दा एक लाख पाँच हजार नौ सय रुपैयाँ राजस्व सङ्‍कलन भएको छ ।”

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मास्कबिना बाहिर निस्कन दिएको निर्देशनविपरीत हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही स्वरुप १०० रुपैयाँ जरिवाना तिर्न लगाइएको बताए ।

Advertisement

कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन सूचना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top