चार लाख घुससहित दुई इन्जिनियर पक्राउ

८ साउन ७७, शुक्रबार

९ साउन, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुससहित दुई इन्जिनियर पक्राउ गरेको छ।

Advertisement

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भइ मर्स्याङगी गाउँपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इन्जिनियर टीकाप्रसाद गुरुङलाई ४ लाख घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।

दुवैजनाले ८ जना लाभग्राहीसँग भवन निर्माणको किस्तावापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा जनही ५० हजारका दरले घुस माग गरी ४ लाख लिएको भन्ने उजुरीका आधारमा पक्राउ गरेको अख्तियारले जनाएको छ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले बेसीसहर बजारबाट बिहीबार नियन्त्रणमा लिएको हो। उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top