मंगलबारदेखि देशभर ठूलो वर्षा हुने सम्भावना

१० साउन ७७, शनिबार
Share this
776shares

१० साउन, काठमाडौं ।
मनसुनको न्यून चापीय रेखा हटेकाले सोमबारसम्म धेरै ठूलो वर्षा नहुने मौसमविद्ले अनुमान गरेका छन्।

Advertisement

तर मंगलबारदेखि अघिल्लो हप्ताजस्तै देशभर र ठूलो वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले नेपालको दक्षिणी क्षेत्रमा मनसुनको न्यून चापीय क्षेत्र विकास भएको छ। यही क्षेत्रबाट रेखा बन्ने हो।

जुन पूर्वदेखि पश्चिमसम्म फैलिएर रहन्छ। अहिले त्यस्तो रेखा हटेकाले आगामी तीन दिनसम्म खासै ठूलो वर्षा हुने सम्भावना देखिएको छैन।
तर सोमबार बेलुका फेरि न्यून चापीय रेखा बन्ने सम्भावना छ । त्यसका कारण मंगलबार र बुधबार अघिल्लो हप्ताजस्तै देशभर भारी वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखका अनुसार अहिले बिहान देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। यस्तै दिउँसो पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बाग्मती, गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top