सुनसरी वन कार्यालयका प्रमुख घुस लिएको आरोपमा श्रीमतीसहित पक्राउ

सुनसरी वन कार्यालयका प्रमुख घुस लिएको आरोपमा श्रीमतीसहित पक्राउ

१० साउन, सुनसरी ।
सेवाग्राहीसंग घुस लिएको रकमसहित जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु साह श्रीमतीसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसंग लिएको घुस रकम सहित उनलाई सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । अख्तियारको टोलीले वनकार्यालय प्रमखसंगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो ।

वन कार्यालयको बा २ झ ४१० नम्बरको गाडीमा घर जादैे गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो । प्रहरीले गाडीमा लुकाई राखेको श्रोत नखुलेको ५ लाख ५३ हजार रुपैंयाँ बरामत गरेको छ । पक्राउ परेका दुबैजनाको अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.