झापामा व्यवसायीको हत्या गरि फरार एक जना पक्राउ

९ साउन ७७, शनिबार

१० साउन, झापा ।
झापाको मेचीनगर २ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा एक युवा पक्राउ परेका छन्।

Advertisement

शुक्रवार पसलमा रहेको अवस्थामा आचार्य माथि धारिलो हतियार प्रहार भएको थियो। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी एक मानिस फरार भएका थिए। प्रहरीले पक्राउ परेको परिचय भने खुलाएको छैन।

गम्भीर घाइते भएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो। घटना भएको सूचना पाएलगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको पोखरेलले बताए । घटनाको थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top