×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय समूहबाट आक्रमण

१० श्रावण २०७७

१० साउन, रौतहट ।
नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ ।

सरमझुवास्थित बोर्डर आउट पोस्ट (बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको हो । परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल छिर्न नदिएको भन्दै भारतीयहरुले सशस्त्र टोलीमाथि आक्रमण गरेको हो ।

Advertisement
Advertisement

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले बताए ।

पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन् । त्यसपछि आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजितले जनाए ।

आक्रमणबाट सशस्त्र प्रहरीका एक जना जवानको हाट काटेको उनले जानकारी दिए । घटनापछि सीमा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो । भारतीयहरुको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए ।

‘झन्डै २ सयको हाराहारीमा जम्मा भएका भारतीयहरु निकै आक्रामक शैलीमा प्रस्तुत भएर हतियारसमेत खोस्ने प्रयासमा लागे,’ एसपी कर्णजितले भने, ‘कोरोना संक्रमणका कारण सीमामा आवतजावत नगर्न अनुरोध गर्दा उल्टै हतियार खोस्ने र आक्रमण प्रयास गरे ।’

घटनामा संलग्न भारतीय नागरिक रवीन्द्रप्रसाद कुसवाहालाई सशस्त्रले नियन्त्रणमा लिई नेपाल प्रहरीको नरकटिया चौकीमा जिम्मा लगाएको थियो । नेपाल प्रहरीले रवीन्द्रलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ७१औं बटालियन ‘ए’ कम्पनीका इन्सपेक्टर अजयकुमारलाई राति ११ बजे जिम्मा लगाइएको थियो ।

Advertisement
Advertisement

यसैबीच सशस्त्र प्रहरी प्रदेश २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका डीआईजी कृष्णभक्त ब्रम्हचार्यले घटनास्थलको अनुगमन गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top