लकडाउन अनत्यसँगै ब्याडमिन्टन प्रशिक्षण सुरु

११ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले लगाएको लकडाउन साउनको पहिलो साता पछि खुकुलो भएसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै पूरानो दैनिकीमा फर्किन थालेको छ ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भड हलमा दैनिक रुपमा विदेशी प्रशिक्षकबाट ब्याडमिन्टनका खेलाडीहरुले अभ्यास गरिहेका छन भने अन्य खेल पनि फर्किने तयारी गरिहेका छन् ।

बिहानै केही खेलाडी र नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा उपस्थित भएका थिए । प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए ।

कोरोना भाइरसका कारण एक महिना अघिसम्म कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै देखिन्थ्यो । कोर्टमा फर्केर ट्रेनिङ गर्न पाउँदा दंग थिए । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पुरा गरेकाले खेलाडीमा कोर्टमा फर्काउन सम्भव भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए ।

कोरियन प्रशिक्षकले कोर्टमा खेलाडीलाई विभिन्न टेक्निकहरु सिकाइरहेका थिए । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिएको बताए ।

निश्चित खाका बनाएर खेलाडीलाई अभ्यासमा फर्किन अनौपचारिक निर्देशन गरेपछि व्याडमिन्टन संघले विदेशी प्रशिक्षकको प्रशिक्षणमा नियमित अभ्यास गरिरहेको छ ।

लक डाउनको पहिलो तीन महिना र लकडाउन पछिको तीन महिनाको घर बसाईले व्याडिमिन्टन खेलाडीलाई चिन्ता भएपनि अहिले फर्किन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

सिनियर र जुनियर गरि अभ्यास गरिरहेका ब्याडमिन्ट खेलाडी अहिले फिटनेसमा केन्द्रित छन् । कोर्टमा प्रवेश गराउनु अघि प्रशिक्षकले फिटनेसमा जोडि दिइरहेको युवा खेलाडी प्रिन्स दाहालले बताए ।

कोरोना महामारीकै बीच नेपाल ब्याडमिन्टन संघले औपचारिक रुपमै प्रशिक्षण सुरु गर्दा अन्य समूहगत खेलले भदौ पहिलो साता कुरिरहेका छन् । चर्चित खेल फुटबल र क्रिकेटलाई भने औपचारिक रुपमा प्रशिक्षण थाल्न प्राविधिक कठिनाइ छन् ।

भौतिक पूर्वाधार र स्पष्ट निर्देशिका नभएकाले खेलाडीलाई मैदान उर्तान खेलकुद गतिविधि फर्काउन चुनौति छ । राष्ट्रका लागि खेल्ने खेलाडीलाई भयरहित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top