प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण

१० साउन ७७, आइतबार

११ साउन, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी निरज शाहीका अनुसार चार जनामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब निकालिएको थियो ।

चार जना प्रहरीको स्वाब प्रहरी अस्पतालमा पठाइएकोमा अन्तिम परीक्षणको लागि टेकू अस्पताल पठाइएको थियो ।

Advertisement

स्रोतका अनुसार प्रधान कार्यालयको सवारी शाखाका ४ जनालाई कोरोन संक्रमण पुष्टि भएको छ ।

देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top