आजका प्रमुख खबरहरुः
१.(बढ्दै छ कोरोना)
आइतबार नेपालमा १ सय ३० जना नयाँ कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्यो /आजसम्म जम्मा १३ हजार १ सय २८ जना निको भए ।
२.(परीक्षण र उपचार)
आइतबारसम्म पीसीआर विधिबाट ३ लाख ४२ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण /अहिले देशभर १६ हजार १ सय ३ जना क्वारेन्टिनमा /५ हजार ४ सय ४० जना आइसोलेसनमा ।
३.(समुदायमा कोरोना)
विराटनगरमा ’ट्राभल हिस्ट्री’ नभएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको विराटनगर महानगरपालिकाको निष्कर्ष / महानगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द/ विराटनगरमा आजमात्र २२ जनामा संक्रमण पुष्टि ।
४.(मास्क अनिवार्य)
मास्क नलगाउनेविरुद्ध कडा कदम लिन मातहतका निकायलाई गृह मन्त्रालयको निर्देशन / जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै गृहद्वारा ७७ वटै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र ।
५.(के हुँदैछ एमसीसीमा ?)
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा अमेरिकी राजदूतको चासो /सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको रक्षामन्त्री ईश्वर पोखरेलको भनाई ।
६.(फैसला उल्टियो)
पूर्व डिआईजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको घटनालाई भवितव्य भन्न नमिल्ने सर्वाेच्चको पूर्ण इजालसको ठहर/ जन्मकैद गर्दा चर्को पर्न जाने /यसअघिको फैसला सर्वोच्चको सिद्धान्त प्रतिकूल भएको ठहर ।
७.(निर्मलालाई न्याय खोई ?)
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा /दुई वर्ष वितिसक्दासमेत प्रहरी अपराधी नजिक पुग्न अहिलेसम्म नसक्दा नतिजा शुन्य ।
८.(एसिडमाथि मलम)
एसिड प्रहारबाट घाइते युवतीको उपचारमा सरकारले सक्दो सहयोग गर्ने र घटनामा संलग्नलाई कारबाही हुने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई /युवतीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको चिकित्सकको भनाई ।
९.(केसीको सत्याग्रहको बाटो)
तीन वटा माग तीन सातामा पूरा गर्न सरकारलाई डा.गोविन्द केसीको अल्टिमेटम /कर्णालीमा तत्काल एमबीबीएसको पढाइ, चिकित्सा शिक्षा ऐन संशोधन र आईओएमको नियुक्ति सच्याउन माग /माग पूरा नभए सत्याग्रह गर्ने चेतावनी ।
१०.(थापाको बार्गेनिङ)
पूर्वमहामन्त्री सुनिल थापासहित राप्रपाबाट राजीनामा बुझाएका नेताहरू यही साता नेपाली कांग्रेस प्रवेश गर्दै /कांग्रेसमा महामन्त्री पद पाउनुपर्ने थापाको माग /के पद दिने भन्नेबारे कांग्रेसमा छलफल जारी ।
११.(बस्ती बस्छ त ?)
विपदको समयमा वैकल्पिक व्यवस्था बिना राष्ट्रिय निकुञ्ज वरपरका घरबास नउठाउन सरकारलाई संसदीय समितिको निर्देशन/हात्ती लगाएर घर भत्काउने, घरमा आगजनी गर्ने गैरकानुनी कार्य भएको समितिको ठहर ।
१२.(अख्तियारलाई अधिकार देउ)
जनताको प्रत्यक्ष सरोकार हुने नीजि क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने अख्तियारको भनाई /राजनीतिक दलका नेताहरुको दबाब र पदाधिकारी नियुक्तमा दलिय भागवण्डा बन्द भए भ्रष्टाचार कम हुने /शक्तिको केन्द्र रहने ठाउँमा नै बढी भ्रष्टाचार हुने सांसदहरुको दाबी ।
१३.(प्रसूति विदा खोई ?)
प्रसूति विदाको अधिकार कार्यान्वयन गर्न सरकारलाई संसदीय समितिको निर्देशन/ऐनमा स्पस्ट भएको विषयमा पनि नियमावलिमा भएको पुरानो व्यवस्थालाई देखाई नयाँ ऐनको कार्यान्वयन नगर्नु न्याय संगत नदेखिएको संसदीय समितिको ठहर ।
१४.(९६ हजार सुन)
आइतबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम/प्रतितोला ९६ हजार तीन सय पुगेर नयाँ कीर्तिमान /चाँदीको मूल्य प्रतितोला ११ सय ५५ निर्धारण /सुनको १ लाख १० हजारसम्म पुग्न सक्ने ।
र,
१५.(विश्वमा संक्रमण)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ६ लाख ४८ हजार बढीको मृत्यु /९९ लाख २८ हजार बढी संक्रमित निको भए /१ करोड ६२ लाख बढी संक्रमित ।