सुनिल थापा मंगलबार कांग्रेस प्रवेश गर्दै, सहमहामन्त्री दिने तयारी

सुनिल थापा मंगलबार कांग्रेस प्रवेश गर्दै, सहमहामन्त्री दिने तयारी

१२ साउन, काठमाडौँ ।
राप्रपा त्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा मंगलबार आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्ने भएका छन् ।

कांग्रेसले अन्य पार्टीबाट आउनेहरूसँग वार्ता र उनीहरूको व्यवस्थापनका लागि बनाएको समायोजन समितिका संयोजक बिमलेन्द्र निधीले थापा समूहसँग वार्ता गरिरहेका छन् । आजै साँझ समझदारी टुङ्ग्याएर भोलि पार्टी प्रवेश गर्ने तयारी छ ।

पार्टी प्रवेश गरेपछि थापालाई सहमहामन्त्री र उनीसँग आउने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी कांग्रेसको छ । थापा समूहका नेता एवं राप्रपाका पूर्व प्रवक्ता किरण गिरीले मंगरबार प्रवेशको तयारी रहेको बताए ।

कांग्रेस प्रवेशका लागि थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका हुन् । आजै साँझसम्ममा समझदारी हुने र भोलि पार्टी प्रवेश गर्ने संभावना रहेको समायोजनमा सक्रिय एक कांग्रेस नेताले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.