कोरोना संक्रमणबाट साउदीमा नेपाली पत्रकार श्रेष्ठको मृत्यु

१२ साउन ७७, मंगलबार

योगेन्द्र योगी
१३ साउन, दोहा ।

कोरोना संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टी भएपछि विगत ३५ दिन देखि उपचाररत स्याङ्जाका रोशन श्रेष्ठको मृत्यु भएको एनआरएनए मध्यपूर्व सह संयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार साउदीको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको मृत्यु हो । साउदीमा कार्यरत नेपालीहरुको लोकप्रिय अनलाइन एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहेका श्रेष्ठ पत्रकारिता अलवा विभिन्न संघसंस्थामा पनि सक्रिय रहेका थिए ।

Advertisement

प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहेका उनी स्याङ्जा जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा निकै सक्रिय रहदै आएका थिए ।

एनआएनएलगायत साउदी अरबमा क्रियाशील रहेका अन्य नेपाली संघसंस्थाले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । मृतक श्रेष्ठको नेपालमा श्रीमती, आमा र एक भाई छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top