१३ साउन, बागलुङ ।
बागलुङमा लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर ३ जना बालबालिकाको मृत्यु भएको छ ।
बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार मंगलबार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको हो । उनीहरुसँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी रेग्मीले बताए ।
त्यस्तै गएराति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ । छोरी र श्रीमतीले भागेर ज्यान बचाउन सफल भएका छन् ।


