×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज, ५० को अवस्था गम्भीर

१३ श्रावण २०७७

१३ साउन, वीरगञ्ज । पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका छन् ।

अस्पतालका एक कर्मचारीका अनुसार थपिने संक्रमितलाई सोमबारदेखि राख्ने ठाउँ नै छैन । अस्पतालमा शैय्या नभएपछि अहिले नै २३ जना बिरामीलाई उनीहरुको घरमा नै आवश्यक निगरानीसहित राखिएको डा. निरज सिंहले जानकारी दिए ।

Advertisement
Advertisement

आइतबार संकलित स्वाब परीक्षण रिपोर्ट आउन थालेपछि ती बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको उनले जानकारी दिए । थपिने संक्रमितलाई तत्काल कहाँ राख्ने भन्नेमै चिन्ता बढेको डा. सिंहले बताए ।

कोभिड अस्पताल बनाइएको वीरगन्जस्थित गण्डक हस्पिटल प्रालि अब सामान्य अवस्थाका संक्रमितभन्दा पनि गम्भीर अवस्थाका ५० जना बिरामीलाई मात्र राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

चार महिना अघिबाट पर्सामा कोरोना संक्रमित भेटिएका थिए । तर, महामारी नियन्त्रणका लागि चुस्त व्यवस्थापन नहुँदा संक्रमित संख्या बढेसँगै यतिखेर चुनौती थपिएको हो ।

कोरोना संक्रमित बिरामीको लगातार ज्यान जान थालेपछि पर्साको वीरगन्जमा स्वाब संकलनलाई तीव्रता दिइएको छ । माइस्थान, श्रीपुर, रेल्वे मावि र बिर्तालगायत चार ठाउँमा आइतबारदेखि स्वाब संकलन थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार आइतबार एकैदिन झन्डै ८ सय जनाको स्वाब संकलन गर्ने लक्ष्य राखिएको थियो । संकलित स्वाब जम्मा हुने क्रममा नै रहेकाले यकिन भइसकेको छैन ।

पर्सामा यात्रा विवरण (ट्राभल हिस्ट्री) नै नभएका स्थानीय पनि संक्रमित हुन थालेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमित सात जनाले ज्यान गुमाइसकेका छन् ।

गम्भीर बिरामी थपिने र संक्रमितको धमाधम ज्यान गइरहँदा पनि तीन तहका सरकारबीच उचित समन्वय नभएको भन्दै पीडितका परिवारले चिन्ता व्यक्त गर्न थालेका छन । जिल्लास्थित सुरक्षा समितिका अधिकारीले नै पर्सामा अब यो महामारी कसरी नियन्त्रण गर्ने भन्नेमा आफूहरू नै अन्योलमा रहेको बताउन थालेका छन् ।

Advertisement

तीन तहका सरकार र मातहत रहेका संयन्त्रबीच समन्वय हुन नसक्नु सबैभन्दा जटिल समस्या भएको एक सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए । (रासस)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top