आजका प्रमुख खबरहरुः
१.(भयावह हुने कि ?)
मंगलबार नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या ४९ पुग्यो / ३ सय ११ जना थपिएपछि संक्रमित १९ हजार ६३ पुगे/१३ हजार ८ सय ७५ जना निको भए ।
२.(आज यस्तो छ)
मंगलबारसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण /देशभर १५ हजार ३ सय ३१ जना विभिन्न क्वारेन्टिनमा /५ हजार १ सय २९ जना आइसोलेसनमा ।
३.(जोखिममा महानगर)
विराटनगरमा १६ जनासहित प्रदेश १ मा मंगलबार २१ जना नयाँ कोरोना संक्रमित थपिए /प्रदेशमा संक्रमितको संख्या ९ सय ६६ पुग्यो /प्रदेश १ मा ४० हजार ८ सय ४१ जनाको कोरोना परीक्षण ।
४.(आफ्नो जिम्मा आफैलाई)
कोरोना संक्रमणको दर बढेको भन्दै संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सतर्क हुनु पर्नेमा सरोकारवालाहरुको जोड /लकडाउनले संक्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आँफै सतर्क हुने समय आएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको भनाई ।
५.(प्रकृतिको प्रहार)
मनसुनी वायुको प्रभावले परेको वर्षातबाट निम्तिएको विपद्मा परी पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु /दुई जना बेपत्ता /जेठ ३० यता पहिरोमा परी १ सय २९ को मृत्यु, ४४ जना बेपत्ता/ बाढीमा परी तीनको मृत्यु, ६ बेपत्ता ।
६.(नेकपाको रडाको)
पार्टीको विधि, विधान विपरित बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको स्थायी कमिटी सदस्यहरुको निष्कर्ष /अध्यक्षद्वयबीच थप छलफल गरी बैठक सुचारु गर्न दाहाललाई जिम्मेवारी / वामदेव गौतमद्वारा ६ बुदें प्रस्ताव पेश ।
७.(थापाको कांग्रेस मोह)
राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश /राप्रपाले गणतान्त्रिक संविधान पनि मान्ने र राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको थापाको भनाई ।
८.(नक्कली सुन)
काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि /बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि / अवैध हतियार समेत फेला ।
९.(ऐक्यवद्धताको बहाना)
नेपाली कांग्रेसका नेताहरुले बसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाए /कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको नेता प्रकाशमान सिंहको भनाई ।
१०.(सूचनाको प्रगति)
पछिल्लो १४ वर्षमा सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई राष्ट्रिय सूचना आयोगद्वारा कारबाही /सबै नागरिकलाई सूचनाको हक स्थापित गर्न र स्थानीय तहसम्म पहुँच पु¥याउनुपर्नेमा सांसदहरुको जोड ।
११.(कहाँ गए माननीय ?)
गणपुरक संख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित /कोरम पुग्ने गरी समितिकै हलमा बैठक सञ्चालन गर्न सकिने अवस्था भएपनि सांसदहरु सहभागि भएनन् ।
१२.(विद्यार्थीको राजनीति)
पोखरा विश्वविद्यालयमापदाधिकारी नियुक्तिको माग राखेर अनशन बसेपनि वेवास्ता गरिएको विरोधमा माइतीघर मण्डलमा नेविसंघको प्रदर्शन /२४ घण्टाभित्र पदाधिकारी नियुक्त गर्न सरकारलाई अल्टिमेटम ।
१३.(उडानका सारथी)
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सद्वारा उडान तालिका सार्वजनिक /नेपाल एअरलाइन्सले अगष्ट ८ तारिखसम्म १८ र हिमालयले अगष्ट ७ तारिखसम्म १८ उडान भर्ने ।
१४.(उकालो यात्रामा सुन)
लगातार उकालो लागेको सुनको भाउले आज पनि नयाँ कीर्तिमान बनायो /सुनको मूल्य आज प्रतितोला ९८ हजार २ सय पुग्यो /चाँदी प्रतितोला १२ सय ४५ कायम ।
र,
१५.(विश्वको कोरोना)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ५७ हजार बढीको मृत्यु / १ करोड ६६ लाख बढी संक्रमित / १ करोड २ लाख बढी संक्रमित उपचारपछि निको भए ।