१४ साउन, काठमाडौं ।
बुधबार सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ ।
तोलामा ३ सय रुपैयाँले बढेर आज सुन ९८ हजार ५ सयमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ ।
आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।


