ह्याम्स अस्पतालले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने

१४ साउन, काठमाडौं । काठमाडौंस्थित ह्याम्स अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने अनुमति दिएको छ ।

Advertisement

अनुमति पाएसँगै अब ह्याम्स अस्पतालले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिको निर्धारित ५ हजार ५ सय रुपैयाँ लिएर परीक्षण गर्न पाउने छ । यस्तै निरोगिताको प्रमाणपत्र चाहिएका, विदेश जाने र शल्यक्रिया गर्नुपर्ने व्यक्तिको पनि परीक्षण हुनेछ।

मन्त्रालयले यसअघि नै ह्याम्स अस्पताललाई अनुमति दिएको थियो। तर पछि पूर्वाधार नै तयार नभई अनुमति दिइएको कुरा बाहिर आएपछि मन्त्रालयले अर्को अस्पतालको नाम हुनुपर्नेमा ह्याम्स हुन गएको भन्दै क्षमा मागेको थियो।

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले पूर्वाधार तयार गरेकाले ह्याम्सलाई अनुमति दिइएको जनाए। सरकारले यसअघि काठमाडौं मेडिकल कलेज र स्टार अस्पताललाई पनि सस्शुल्क परीक्षण गर्ने अनुमति दिइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top