सरिता गिरीको ठाउँमा नियुक्त भएकी सिटौलाले लिइन् सांसदको शपथ

सरिता गिरीको ठाउँमा नियुक्त भएकी सिटौलाले लिइन् सांसदको शपथ

१४ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट लीलादेवी सिटौलाले प्रतिनिधिसभाको समानुपातिक सांसद पदको शपथ लिएकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले शपथ ग्रहण गराएका हुन् । उनी जनता समाजवादीको तर्फबाट खस आर्य क्लस्टरबाट सांसद निर्वाचित भएकी हुन् । उनी ललितपुरकी स्थानीय हुन् । शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

पार्टीको ‘ह्विप’ नमानेका कारण पार्टीको संगठित सदस्य र सांसद पदबाटसमेत हटाइएकी सरिता गिरीको ठाउँमा सिटौला नियुक्त भएकी हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.