विश्वमै महंगो र खतरनाक आईस ड्रग्स विराटनगरबाट बरामद

१४ साउन, विराटनगर । विराटनगर महानगरपालिका २ बरगाछी चोकबाट विश्वमै हानिकारक र अत्यधिक महँगो मानिएको लागुऔषध एन्फाटामाईन (आईस) सहित एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा मंगलवार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका ८ का ४२ बर्षीय रामप्रसाद पोखरेललाई २ सय २२ ग्राम.१ सय ५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो ।

को ३७ प ८३१६ नम्बरको मोटरसाईकलमा सवार पोखरेल धरान विराटनगर सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा कालो झोला भित्र सेतो प्लास्टिकमा प्याकिङ गरी राखेको अवस्थामा अवैध लागूऔषध बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका पोखरेलको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा पोखरेलको घरमा समेत लुकाई राखेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । उनको घर खानतलासी गर्दा २ तले घरको माथिल्लो तलामा रहेको कोठा भित्र रहेको आल्नामा प्लास्टिकको झोलामा झुण्डाएको अवस्थामा २ ओटा पोकामा रहेको ३०८ ग्राम लागुऔषध बरामद भएको थियो ।

यसरी कुल ५३० ग्राम ९३ मिलिग्राम नियन्त्रीत लागुऔषध एन्फाटामाईन (आईस) सहित पक्राउ परेका राजन भन्ने राम प्रसाद पोखरेलमाथि लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १०० ग्राम देखि माथि जतिसुकै परिमाणको गाँजा बाहेकका लागूऔषध सेवन र खेती बाहेक अन्य निषेधित कार्य गरेमा १५ बर्षदेखि जन्म कैद र ५ लाख देखि २५ लाख सम्म जरिवानाको व्यवस्था रहेको छ ।

अभियुक्त पोखरेलले सुन्दरहरैचास्थित आफ्नै घरमा सुन चाँदी पसल खोलेको र सुन चाँदी पसल घाटामा गएपश्चात सुन पसल छाडी झण्डै ३ बर्षअगाडी देखी बुढीगंगा गाँउपालिकावडा नं ६ स्थित कमरपुर डंग्राहामा फाइवरको ढोका र पाता बनाउने कारखाना खोली संञ्चालन गरेको देखिएको प्रहरीले जनाएको छ ।

कारखाना पनि घाटामा गईरहेको र राम्रोसंग नचल्नुको साथै बैङ्कको ब्याज समेत तिर्न गाह्रो भएपछि कारखानाको कच्चा पदार्थहरु र सामानहरु भारतबाट आयात गर्ने क्रममा भारतिय नागरिकहरुसंग चिनजान भएको र नजिक भएपश्चात छिटो पैसा कमाउने निहूँमा लागू औषध बिक्री गर्दा छिटो पैसा कमाईने सल्लाह गरी, भारतिय नागरिक मार्फत उक्त लागुऔषध खरिद गरेका थिए । आज भन्दा झण्डै ९ महिना अगाडी उक्त लागुऔषध मगाएर विक्री बितरण गर्ने मनासायले आफ्नै घरमा लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

विश्वमै प्रतिबन्धित एन्फाटामाईन (आईस) लागुऔषध नेपालमै छैटौं पटक र प्रदेश १ मा पहिलो पटक बरामद गरिएको प्रहरीले जनाएको छ । सो लागुऔषध पुर्ण रुपमा रसायनहरुद्वारा तयार गरिने कृतिम लागूऔषध हो । यो उत्तेजनात्मक लागूऔषध अन्तर्गत पर्दछ । अन्तराष्ट्रिय बजारमा यसको मुल्य ८० गलर प्रति ग्राम अर्थात नेपाली रु ९६०० प्रति ग्राम पर्दछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top