मोरङका एक कोरोना संक्रमितको बीपी प्रतिष्ठानमा मृत्यु

१४ साउन, धरान । कोरोना भाइरसको संक्रमणबाट मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

विराटनगरस्थित कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

कोसी अस्पतालका डा. दिपक सिग्देलले अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा श्वास फेर्न गाह्रो भएर उपचारका लागि ती पुरुष आएको बताए ।

Advertisement

ती पुरुष भारतस्थित ससुरालीबाट श्रीमतीसहित १० दिन अगाडि आएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

केही दिनदेखि खोकी लाग्‍न थालेपछि मंगलबार उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए । प्रवक्ता यादवले प्रतिष्ठानका डा. सन्दिप शर्मासँग समन्वय गरेरै ती व्यक्तिलाई थप उपचारका लागि पठाइएको दाबी गरे ।

Advertisement

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top