विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

टोक्यो, ९ वैशाख  ः विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ ।

स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् । जापानी महिला नाबी ताजिमाको ११७ बर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार संप्रेषण गरेका छन् ।

उनको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उनको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सवै भन्दा जेष्ठ नागरिक बनेकी थिर्इन् । ‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सवै भन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सवै भन्दा जेष्ठ नागरिक बनेकी थिर्इन् ।

ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक भएका छन्। झण्डै ११२ बर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सवै भन्दा जेष्ठ नागरिक बनेका हुन्।

जापानमा धेरै नागरिकहरु लामो उमेर बाच्ने गर्दछन् । झण्डै ६८ हजार जापानी नागरिकहरु एक सय बर्ष भन्दा बढी उमेरका सरकारी स्रोतले गत बर्ष नै जानकारी दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.