कैलालीमा बाढीले बगाउँदा तीन बेपत्ता, ६ हजार घर डुबानमा

१४ साउन ७७, बिहीबार

१५ साउन, कैलाली ।
कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढी घरपरिवार डुबानमा परेका छन्।

उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्। डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका छन्।

Advertisement

टीकापुरमा बाढीले ३० घर भत्किएका छन्। डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ। यस्तै कैलालीमै बाढीमा परी वेपत्ता भएका तीन जनाको खोजी जारी छ। बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको हो भने तीन जना अझै बेपत्ता छन्।

Advertisement

कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरिक्षक जनक धामीले बताए।

पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको उनले बताए। बुधवार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ। त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top