प्रहरी प्रधान कार्यालयका थप ९ जना संक्रमित, संक्रमितको संख्या ४४ पुग्यो

१५ साउन २०७७, बिहीबार
Share this
713shares

१५ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे। योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

Advertisement

उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए।

नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्।

Advertisement

मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ। प्रवक्ता कडायतले संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको बताए।

यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ। संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Advertisement

मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने कुरा अझै यकिन भएको छैन। यद्यपी सुरूमा दुई चार जना सुरक्षाकर्मीमा ज्वरो देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। पछि उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीको परीक्षण गर्दा संक्रमित संख्या बढेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top