१५ साउन, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।
४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडीलगायतका विभागमा कीटाणुनाशक रसायन छर्किने काम भइरहेको बुढाथोकीले बताए । संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टिन र अन्य १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको छ ।
ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन ।