×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

सिद्धार्थ राजमार्गको बुटवल-दोभान सडकखण्ड पहिरोले अवरूद्ध

१५ श्रावण २०७७

१५ साउन, बुटवल । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल(दोभान सडकखण्ड अवरूद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै रहेको हेडबक्समा पहिरो झर्दा सडक अवरूद्ध भएको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बिहीबार मध्यान्ह पौने १२ बजेतिर सडक माथिबाट पहिरो झरी सडक अवरूद्ध भएको जानकारी दिए ।

ठूला ढुंगा सहितको पहिरोले सडक अवरूद्ध बनाएपछि बुटवलबाट पाल्पातर्फ जाँदै गरेका सवारी साधनलाई सिद्धबाबा वारि नै रोकिएको पाण्डेले जानकारी दिए । त्यस्तै, पाल्पाबाट बुटवलतर्फ आउँदै गरेका सवारी साधन पनि दोभानतर्फ नै रोकिएका छन् ।

सिद्धबाबा तथा दोभान क्षेत्रमा ठूलो पानी परिरहेकाले पहिरो हटाउन नसकिएको उनले बताए ।

पानी परिरहेको बखत पहिरोको जोखिम रहिरहने भएकोले पानी पर्न रोकिएपछि डिभिजन सडक कार्यालय पाल्पा र बुटवलले पहिरो पन्छाउने जनाएका छन्।

सिद्धार्थ राजमार्गको बुटवल तानसेन खण्डमा यसवर्ष दैनिक जसो पहिरो झरिरहेको छ। हिउंँदयाममा समेत ढुंगे पहिरो झरिरहने यो सडकमा वर्षायाममा झनै जोखिम मोलेर सर्वसाधारणले यात्रा गर्न बाध्य छन्।

विगत तीन दिनदेखि परेको लगातारको वर्षाको कारण यसक्षेत्रका अधिकांश क्षेत्रमा पहिरो गई १० दिन सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।

यो सडकखण्डको तानसेन नगरपालिका वडा नंं ८ गौडेपुल डुम्रे, तिनाउँ गाउँपालिकाको सिद्धबाबा, हेडबक्स, पानी मिल, नागमन्दिर दोभान लगायतका दर्जनौं स्थानमा यसवर्ष पहिरो झरिरहने गरेको छ।

पहिरो हटाएर सडक सुचारू भएको केही घण्टा नबित्दै पुनः पहिरो जाँदा यात्रु समस्यामा परेका छन्।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top