समुदायमा कोरोना फैलिएपछि बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

१५ साउन २०७७, बिहीबार
Share this
788shares

१५ साउन, नेपालगन्ज।
बाँकेमा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

Advertisement

शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउँदै पहिलो चरणमा आइतबारदेखि तीन दिनसम्म बाँके जिल्लाभरि तीन दिनसम्म पूर्णरुपमा कफ्र्यू (निषेधाज्ञा) लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । त्यतिन्जेलको अवस्था हेरेर त्यसपछि के गर्ने भन्ने निर्णय गरिने उनले बताए ।

नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो । बाहिर जिल्लाका ७ जनासहित आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार क्वारेन्टाइनमा नरहेका विद्यार्थी र कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

बाँकेमा क्वारेन्टिनमा बसेकामा कोरोना संक्रमण घटिरहेका बेला समुदायमा रेन्डम स्याम्पलिङ्गबाट परीक्षण गर्दा पुनः कोरोना पाजेटिभ देखिंदा जोखिम बढेको छ । सरकारी कर्मचारीहरुमा कोरोना देखिएपनि उनीहरुलाई कोबाट र्सयो भन्ने एकिन हुन सकेको छैन ।

यसअघि पनि आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालय नेपालगन्जका कर्मचारीमा कोरोना पुष्टि भएको थियो । त्रिभुवन चोकमा गरिएको रेन्डम सेम्पलिङमा पनि मिठाई पसले र आन्तरिक राजश्वका एक अधिकृतलाई कोरोना लागेको पुष्टि भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top