×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

समुदायमा कोरोना फैलिएपछि बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

१५ श्रावण २०७७

१५ साउन, नेपालगन्ज।
बाँकेमा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

शुक्रबार र शनिबार उच्च सतर्कता अपनाउँदै पहिलो चरणमा आइतबारदेखि तीन दिनसम्म बाँके जिल्लाभरि तीन दिनसम्म पूर्णरुपमा कफ्र्यू (निषेधाज्ञा) लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । त्यतिन्जेलको अवस्था हेरेर त्यसपछि के गर्ने भन्ने निर्णय गरिने उनले बताए ।

Advertisement
Advertisement

नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो । बाहिर जिल्लाका ७ जनासहित आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार क्वारेन्टाइनमा नरहेका विद्यार्थी र कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

बाँकेमा क्वारेन्टिनमा बसेकामा कोरोना संक्रमण घटिरहेका बेला समुदायमा रेन्डम स्याम्पलिङ्गबाट परीक्षण गर्दा पुनः कोरोना पाजेटिभ देखिंदा जोखिम बढेको छ । सरकारी कर्मचारीहरुमा कोरोना देखिएपनि उनीहरुलाई कोबाट र्सयो भन्ने एकिन हुन सकेको छैन ।

Advertisement
Advertisement

यसअघि पनि आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालय नेपालगन्जका कर्मचारीमा कोरोना पुष्टि भएको थियो । त्रिभुवन चोकमा गरिएको रेन्डम सेम्पलिङमा पनि मिठाई पसले र आन्तरिक राजश्वका एक अधिकृतलाई कोरोना लागेको पुष्टि भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top