यी हुन् नेपालबाट ओमान फर्किन चाहिने कागजपत्र

१६ साउन ७७, शनिबार

योगेन्द्र योगी
१७ साउन, दोहा ।

ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिले २३ जुलाई २०२० को निर्णयानुसार ओमानको रेसिडेन्स पर्मिट बाहक नागरिकहरू त्यहाँको परराष्ट्र मन्त्रालयको स्वीकृतीमा ओमान फर्कन दिने निर्णय गरेको छ ।

ओमान स्थित नेपाली दूतावासका अनुसार हाल विदामा नेपालमा रहेका तथा आफ्नो कम्पनीले ओमान फर्कन अनुरोध गरेका मध्ये इच्छुक नेपाली नागरिकहरूलाई देहाय बमोजिमको दूतावासमा सम्पर्क गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएकाे छ।

Advertisement

ओमान जानका लागि ओमानमा पुरा गर्नु पर्ने स्वास्थ्य सम्बन्धी प्रकृया पुरा गर्नुका साथै जिम्मेवारी रोजगारदाताले बहन गर्ने पत्र,ओमानको रेसिडेन्स कार्ड तथा नेपालको राहदानीको प्रतिलिपि,नेपालको वैदेशिक रोजगार विभागबाट जारी भएको म्याद भएको श्रम स्वीकृति, ६ महिना भन्दा बढी अवधि नेपाल बसेको भए ओमानको सम्बन्धित निकायको अनुमति पत्र आवश्यक पर्ने जनाइएकाे छ ।

हालको उडानलाई दूतावासबाट सम्बन्धित एअरलाइन्ससँगको समन्वयमा गरिने समेत दूतावासले जनाएको छ । थप जानकारी लिन परेमा दूतावासका द्वितीय सचिव सोमेश थापालाई ९२६४०१४० सम्पर्क गर्न सकिने जनाइएको छ ।

Advertisement

हाल नेपालमा रहेका नेपाली नागरिकहरूलाई अगष्ट १४ तारिख अर्थात् साउन ३० गते हुने सलाम एअरको विशेष उद्दार उडानबाट ओमान फर्कन सहजीकरण गर्ने निर्णय भएकोले त्यसरी फर्कनुपर्ने नागरिकहरूको सूची तयारी गरिरहेको दूतावास जनाएको छ । ओमानबाट समस्यामा परेका १८० नेपाली अगस्ट १४ मा हुने उक्त उडानमार्फत स्वदेश फर्कने दूतावासले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top