सिरी ‘ए’ को अन्तिम खेलमा च्याम्पियन युभेन्टस रोमासंग पराजित

१८ साउन, एजेन्सी । सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस रोमासंग पराजित भएको छ । टीमका मुख्य खेलाडीहरुलाई विश्राम दिएर खेलेको खेलमा युभेन्टस घरेलु मैदानमा रोमासँग शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ३–१ ले पराजित भएको हो ।

युभेन्टस घरेलु मैदानमा दुई वर्षपछि पराजित भएको हो । २०१८ मा नेपोलीसँग पराजित भएयता युभेन्टस घरेलु मैदानमा पराजित भएको थिएन । रोमाको जितमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे । गोन्जाले हिगुआइनले गरेको गोल सान्त्वना बन्यो । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलको पाँचौ मिनेटमा नै हिगुआइनको गोलबाट युभेन्टसले अग्रता बनाएको थियो ।

२३औं मिनेटमा निकोलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । डानिलोले रिकार्डाे कालाफिओरीलाई पेनाल्टी बक्समा फल गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ५२औं मिनेटमा पेरोट्टीले व्यक्तिगत दोस्रो तथा टोलीका लाग तेस्रो गोल गर्दै रोमालाई ३–१ को जित दिलाए ।

जितसँगै पाँचौ स्थानमा रहेको रोमाले ७० अंक जोड्यो । उसले अर्काे सिजनको युरोपा लिग खेल्नेछ । पराजित युभेन्टस ८३ अंकमा रोकियो । तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको थियो । युभेन्टसले लगातार नवौं सिजन सिरी ‘ए’ को उपाधि जितेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top