दक्षिण अफ्रिकामा सङ्क्रमितको सङ्ख्या ५ लाख नाघ्यो, स्वास्थ्य प्रणालीमा ठूलो चाप

१७ साउन ७७, आइतबार

१८ साउन, एजेन्सी ।
दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

स्वास्थ्यमन्त्री ज्वेली म्किजेले शनिवार १०,१०७ जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्ख्या ५,०३,००० पुगेको घोषणा गरेका हुन्। तीमध्ये ८,१५३ जनाको मृत्यु भएको छ। अफ्रिका महादेशमा कोरोनाभाइरस सङ्क्रमणबाट दक्षिण अफ्रिका अतिप्रभावित देश हो।

पूरै अफ्रिकामा पुष्टि भएका सङ्क्रमितमध्ये आधा त्यहाँ छन्। अमेरिका, ब्रजिल, रुस र भारतपछि विश्वभरि धेरै सङ्क्रमित हुने देशमा पाचौँ स्थानमा दक्षिण अफ्रिका पर्छ। दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमण फैलिने दर बढिरहेको र अहिले राजधानी प्रिटोरियावरपर सङ्क्रमितको सङ्ख्या धेरै रहेको बताएका छन्।

एकतिहाइभन्दा बढी सङ्क्रमित दक्षिण अफ्रिकाको वित्तीय क्षेत्र रहेको खाउटेङमा छन्। उक्त प्रान्त एकदमै छिटो महामारीको केन्द्रबिन्दु बनेको थियो। अझै ‍एक महिना सङ्क्रमितको सङ्ख्या उच्चबिन्दुमा नपुग्ने ठानिएको छ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन दक्षिण अफ्रिकामा एप्रिल र मे महिनामा एकदमै कडा लकडाउन लगाइएको थियो। तर जुन महिनामा बिस्तारै बजारहरू खुल्न थाले। गत महिना फेरि सङ्क्रमितको दर बढ्न थालेपछि लकडाउन पुनः लगाइयो।

त्यहाँ अगस्ट १५ तारिखसम्मका लागि सङ्कटकालीन अवस्था घोषणा गरिएको छ। बिरामीको चाप बढेपछि दक्षिण अफ्रिकाको अस्पतालहरूमा उल्लेख्य मात्रामा तनाव बढेको छ र त्यहाँको स्वास्थ्य प्रणालीमै रहेको विफलताका कारण स्वास्थ्य सेवाका अधिकारीहरू थकित बनेका छन् र स्वास्थ्यसेवा निकै खराब अवस्थामा पुगेको बीबीसीको अनुसन्धानले पत्ता लगाएको छ।

राष्ट्रपति सिरिल रामापोसाले गत महिना कोभिड–१९ का बिरामीका लागि २८ हजार शय्या उपलब्ध गराएको बताएका थिए तर त्यहाँ गम्भीर रूपमा चिकित्सक र नर्सहरूको अभाव देखिएको छ।(बीबीसी)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top