उदयपुरबाट साङ्लोले बाँधिएका तथा खोरमा थुनिएका १० जनाको उद्धार

१७ साउन ७७, आइतबार

१८ साउन, विराटनगर । प्रदेश १ सरकारले शनिबार उदयपुरको कटारीबाट १० जनाको उद्धार गरेको छ । कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट मानसिक स्वास्थ्य समस्या भएपछि सडक आश्रित तथा खोरमा थुनेर राखिएकाहरुको उद्धार गरेको हो ।

उद्धार गरिएकामा सडक आश्रित गर्भवति बालिका सहित ४ महिला र ६ पुरुष छन् । उनीहरुलाई सडक र घर–घरमा गएर सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभा सदस्य कला घले सहितको टोलीले उद्धार गरेको हो ।

Advertisement

कटारी १ कालिखोलाका ५७ वर्षीय तर्कबहादुर अधिकारी (खत्री) लाई उद्धार गर्न उनको घर पुग्दा उनलाई घर परिवारले घरदेखि २ सय मिटर पर बाँसघारीमा बनाईएको खोरमा थुनेर राखेका थिए । उद्धार टोली पुग्दा उनी नग्न अवस्थामा थिए । उनी १० वर्षदेखि खोरमा नग्न अवस्थामा बस्दै आएको स्थानीय पवित्रा थापाले बताए । कटारीमा करिव ३२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख भीमकुमारी राउतले स्वास्थ्य समस्या भई सडक आश्रित व्यक्तिका परिवारलाई नगरपालिकामा भेला गरि समस्या समाधानको पहल शुरु गरेको बताए । प्रदेश सरकारको अभियान अन्र्तगत उद्धार शुरु गरेको उनले बताए ।

Advertisement

शनिबार उद्धार गरिएकाहरु ५ सन्तानका आमा, सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका,साङ्लोले बाँधिएका, पढ्दा पढ्दै स्कुल छोडेका यूवाहरु रहेका छन् । प्रदेश १ सरकारले सडक आश्रित र सहयोगापेक्षीहरु सवैको उद्धार गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

कटारीका सडक र घर–घरमा पुगेर उद्धार गर्दै मन्त्री घिमिरेले प्रदेश १ का सवै स्थानीयतहबाट मानसिक स्वास्थ्य समस्या भएका, सडकमा जीवन विताईरहेकाहरुको उद्धार गरिने उनले बताए । प्रदेश १ का सडकमा आश्रित र सहयोगापेक्षीको उद्धार गरि सडक मानवमुक्त बनाईने मन्त्री घिमिरेले दोहो¥याए । उद्धार गरिएका व्यक्तिहरुलाई मानव सेवा आश्रम विराटनगरमा राख्ने गरिएको छ ।

सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा मानव सेवा आश्रमले सडकआश्रित र सहयोगापेक्षीहरुको उद्धार गर्दै आएको छ । उद्धार गरिएकाहरुलाई पारिवारिक वातावरणमा राख्ने गरिएको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले बताए ।

मानव सेवा आश्रमले अहिले सम्म प्रदेश १ मा १ सय ८ जनाको उद्धार गरिसकेको छ । उद्धार गरिएका मध्ये अहिले ६५ जना आश्रममा छन् । अन्यलाई उपचार पछि परिवारको जिम्मा लगाईएको छ । प्रदेश १ मा सडक आश्रितहरुलाई आगामी एक वर्ष भित्रमा उद्धार गरि सकिने उनको भनाई छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top