×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

अब उड्ने छैनन् चिनियाँ जहाज, ६ वटा जहाज ‘ग्राउन्डेड’

१९ श्रावण २०७७

काठमाडौँ : सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णय गरेसँगै नेपाली आकाशमा चिनियाँ जहाजको उडानमा अहिलेलाई पूर्णविराम लागेको हो ।

आन्तरिक उडानमा पनि निगमलाई प्रतिस्पर्धी बनाउने र विकट क्षेत्रमा नियमित उडान गर्ने उद्देश्यसाथ २०७१ वैशाखमा निगमले चीनमै निर्मित ५६ सिट क्षमताका दुईवटा एमए ६० र १७ सिट क्षमताका चारवटा वाई १२ जहाज ल्याएको थियो । यसमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज निगमको अनुदानमा र बाँकी चारवटा जहाज चीनकै एक्जिम बैङ्कसँग ऋण लिएर निगमले साढे चार अर्ब रुपियाँमा खरिद गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

पहिलोपटक २०७१ वैशाखमा चिनियाँ जहाज भित्रिएदेखि नै बारम्बारको प्राविधिक समस्या र आर्थिक भारका कारण निगमले यसको नियमित उडान गराउन भने सकेको थिएन । पछिल्लोपटक निगमले यी जहाज सञ्चालनबाट वार्षिक ३० करोड रुपियाँ घाटा बेहोर्नुपरेको निष्कर्ष निकाल्दै अबदेखि सञ्चालनमा नल्याउने निर्णय गरेको हो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top