१९ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले वडा नम्बर ४ जावलाखेलमा पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सोमबार पार्क निर्माणको शिलान्यास गरे ।
भदौ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने योजनाका साथ पार्क निर्माणको काम सुरु भएको हो ।
भोटेजात्रा भन्दा पहिले नै पार्कको निर्माण सकिने मेयर महर्जनले बताए । भोटो देखाउने दिन पार्कको दक्षिण क्षेत्रमा ज्येष्ठ नागरिकलाई लस्करै राखेर भोटो देखाउने योजना रहेको उनले बताए ।
बालमैत्री र अपाङ्गमैत्री पार्क निर्माण गर्ने महानगरपालिकाको योजनाअनुसार निर्माण सुरु भएको हो । महानगरपालिकाको वातवरण सुधार, सार्ववनकि जग्गाको संरक्षण र सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना छ ।
पार्क निर्माणका लागि महानगरले ९४ लाख ६१ हजार ४ सय ८४ बजेट विनियोजन गरेको छ ।
