दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(आफ्नो सुरक्षा गर्नुस्)
सोमबार नेपालमा ४ सय १८ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो /१४ हजार ९ सय ६१ जना निको भए/कोरोनाका कारण विराटनगरमा एक जनाको मृत्युभएपछि मृतक ५८ पुगे ।

२.(परीक्षण र उपचार)
सोमबारसम्म पीसीआर विधिबाट ३ लाख ९८ हजार ९ सय ७ जनाको कोरोना परीक्षण /देशभर १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा /५ हजार ७ सय ३२ जना संक्रमित आइसोलेसनमा ।

३.(महानगरमा त्रास)
विराटनगरमा २२ जना सहित प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिए /प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय २८ पुग्यो /८ सय २९ जना डिस्चार्ज ।

४.(नेपालगञ्जमा निराशा)
नेपालगञ्ज उपमहानगरपालिकाका वडा अध्यक्षसहित आठ जना कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय अनिश्चितकालका लागि सिल /कोरोना संक्रमण बढेपछि जिल्लाभर तेस्रो पटक निषेधाज्ञा जारी ।

५.(कहिले जुट्छ सहमति ?)
प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीचको आजको वार्ता पनि निष्कर्षबिहीन /दुवै आ–आफ्नै अडानमा /मंगलबार साँझ ५ बजे फेरि वार्तामा बस्ने ।

६.(जापान जानेको चाल)
नेपालस्थित जापानी दूतावास अगाडी जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड /उपत्यका सहित देशभरी संक्रमणको जोखिम बढेपनि दूतावासमा सेवा लिन जानेहरुले स्वास्थ्य सुरक्षाका उपाय नअपनाएको देखियो ।

७.(ई को अनसन)
कोरोनाभाइरस महामारीमा सबल व्यवस्थापनको माग राख्दै १७ दिनदेखि अनसनरत इनफ ईज इनफका अभियन्ता ईको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना /ई अब अस्पतालमै अनशन बस्ने ।

८.(पर्वे पर्वको दिन)
आज जनै पूर्णिमा, रक्षाबन्धन पर्व देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाईंयो/तराई क्षेत्रमा दिदी बहिनीले दाजुभाईलाई राखी बाँध्ने प्रचलन /आजै क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने र स्वस्थ राख्ने मान्यता ।

९.(नेपालीले नेपालीलाई कुटेपछि)
मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊद्वारा प्रहरीसमक्ष आत्मसमर्पण /क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट भएपछि दुतावासद्वारा मुराऊविरुद्ध किटानी जाहेरी ।

१०.(सजाय कडा बनाउ)
एसिड आक्रमण गर्नेहरुलाई दिइने सजाय बढाउन महिला समितिको सरकारलाई निर्देशन / एसिड खरिद विक्री कार्यलाई नियन्त्रण तथा व्यवस्थित बनाउन खरिदकर्ताको विस्तृत विवरण अनिवार्य तथा पीडितको औषधि उपचार, सरकारी रोजगारीमा प्राथमिकताको व्यवस्था मिलाउन आग्रह ।

११.(एसिड बिक्री मापदण्ड ?)
नेपालमा बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण हुने गरेको तथ्याङ्क सार्वजनिक /एसिड जस्ता रासायनिक पदार्थहरु आयात गर्ने ऐन भएपनि विक्रि वितरणका लागि कुनै कानून नभएकोले समस्या ।

१२.(पूरानै भाडामा उडान)
नेपालमा लकडाउनका कारण प्रतिबन्ध लगाइएको व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय अनुसार वायुसेवा कम्पनीहरू सेवा सञ्चालनको तयारीमा /आन्तरिक हवाई सेवाका लागि साविककै भाडामा दैनिक ४८ वटा उडान हुने ।

१३.(महामारीको लाइसेन्स)
कोभिड–१९ को संक्रमण दैनिक बढिरहेकोले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रकृया तत्काल सुरु नहुने /अवस्था सामान्य रहे दुई महिनापछि खोलिने यातायात व्यवस्था विभागको भनाई ।

१४.(नेपालको चिन्ता)
कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिको अपील /मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएकोमा चिन्ता ।

र,

१५.(विश्वमा संक्रमण)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ९३ हजार बढीको मृत्यु /१ करोड ८२ लाख बढी संक्रमित /१ करोड १४ लाख बढी संक्रमित निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top