२० साउन, काठमाडौं । आज मंगलबार २ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै आजसम्म नेपालमा २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६५ जना डिस्चार्ज भएका छन् । योसंगै आजसम्म निको हुने संक्रमितको संख्या १५ हजार २६ पुगेको छ । हालसम्म नेपालमा ५८ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।