चीनको युनान पुग्यो सलह, नियन्त्रण गर्न ८० हजार मानिस परिचालित

२० साउन ७७, मंगलबार

२० साउन, कुनमिङ ।

Advertisement

चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरूले बताएका छन् । कृषि अनुसन्धान निकायहरूका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् ।

मौसम सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तीव्र गतिमा सक्रिय भएका पाइएको छ । स्थानीय अधिकारीहरूले सलह फैलिन नदिन ड्रोनमार्फत विषादी छर्कने क्रम जारी रहेको छ । यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो ।

Advertisement

सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् । विज्ञहरूको भनाइमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको सङ्ख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ ।रासस / सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top