बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

१० बैशाख ७५, मंगलबार

चितवन ११ वैशाख ः नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ को ट्रक इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा एकापसमा ठक्कर खाँदा सहचालक तिमल्सिनाको मृत्यु भएको हो भने १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसले अगाडिको गाडीलाई उछिन्ने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनाका कारण सडक एकतर्फ मात्र सञ्चालनमा छ ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top