२२ साउन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस सम्बन्धी पछिल्लो पोष्ट सामाजिक सञ्जाल फेसबुकले हटाएको छ ।
कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक हटाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई हटाएको फेसबुकले जनाएको छ ।
ट्रम्पले, फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । अन्तर्वार्तामा उनले बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेकाले सबै विद्यालय खोल्ने समय आएको बताएका थिए ।
ट्रम्पको यो दाबी, स्वास्थ्य विज्ञको भनाइ र प्रमाणित तथ्यभन्दा विपरीत भएको भन्दै फेसबुकले उनको पोष्ट हटाएको हो ।



