×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

बेरुतको विस्फोटले खाद्यान्न नष्टः लेबनानमा खाद्य सङ्कट आउनसक्ने

२२ श्रावण २०७७

२२ साउन, एजेन्सी ।
लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा खाद्यान्न नष्ट भएपछि खाद्य सङ्कट आउनसक्ने देखिएको छ ।

विस्फोट हुँदा मुख्य खाद्य भण्डार पनि नष्ट भएपछि समस्यामा परेको त्यहाँको वित्त मन्त्री राउल नेहेले बताएका हुन् । उनका अनुसार अब लेबनानमा एक महिनाभन्दा पनि कम समयको लागि मात्रै पुग्ने अन्न मौज्दात छ ।

Advertisement
Advertisement

तर पिठो पर्याप्त रहेकाले आत्तिनुपर्ने अवस्था नभएको उनको भनाइ छ । विस्फोट अगाडि नै आर्थिक सङ्कटमा परेको लेबनानमा अन्न आयातको लागि खर्च नभएको पनि मन्त्री नेहेले बताए ।

लेबनानले खाद्य सामग्री आयात गरेर बन्दरगाहमा भण्डारण गर्ने गरेको थियो । त्यही अन्न नष्ट भएको हो । विस्फोटमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय ३५ पुगेको छ । घाइते ४ हजारभन्दा बढीलाई विभिन्न अस्पताल लगिएको छ । बेरुतमा मंगलबार विस्फोट भएको थियो ।

Advertisement
Advertisement

अहिले पनि भवनभित्र १०० जनाभन्दा बढी फसेका र उनीहरुको खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top