×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

भारतमा संक्रमणको दर उच्च गतिमा, एकैदिन थपिए ५६ हजार संक्रमित

२२ श्रावण २०७७

२२ साउन, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ सयभन्दा बढीको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ४ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

भारतमा जुलाई २८ यता दैनिक रुपमा ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा पछिल्ला १५ दिनमा कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा बढिरहेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो ।

अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको छ भने कोरोनाबाट अहिलेसम ४० हजार ६ सय ९९ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा ४ लाख ६८ हजार २ सय ६५ जनामा संक्रमण देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १६ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ ।

त्यस्तै तमिलनाडुमा २ लाख ७३ हजार, आन्ध्र प्रदेशमा एक लाख ७६ हजार ३ सय ३३, कर्नाटकमा एक लाख ५० हजार र दिल्लीमा एक लाख ४० हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहीबार बिहानसम्म ४८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५८ हजार नाघेको छ भने निको हुनेको संख्या करिब १५ लाख ७७ हजारभन्दा बढी रहेको छ ।

Advertisement
Advertisement

बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८७ लाख नाघेको छ । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ६ हजार भन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड १३ लाख निको भएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top