सिरहाको मिर्चैया नगरपालिकामा साउन ३२ सम्म लकडाउन

२१ साउन ७७, बिहीबार

२२ साउन, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ ।

Advertisement

नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबारदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो।

नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए। नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसँग आग्रह गरेको छ। (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top