चिर्पट प्रहार गरी हत्या

२१ साउन ७७, बिहीबार

२२ साउन, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-१ का २७ बर्षीय राकेश राईलाई हत्याको आरोपमा पक्राउ गरिएको छ ।

Advertisement

गत साउन २० गते राती पौने ९ बजेको समयमा स्थानीय ५६ बर्षीय जबरधन राईसंग सामान्य बिबाद हुँदा रिसको आवेगमा राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा घाईते भएका राईलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका राकेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top