२२ साउन, ओखलढुङगा । ओखलढुङगाको चम्पादेवी गाउँपालिका-१० का ३६ बर्षीय रोहित ढुङगेल लिखु खोलाले बगाएर बेपत्ता भएका छन् ।
बुधवार दिउँसो १ बजेको समयमा गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै फर्कदै गरेका बाबु छोरा मध्ये छोरा रोहित अचानक चिप्लेर खोलामा खस्दा खोलाले बगाएर बेपत्ता भएका हुन् ।
बेपत्ता भएको उनको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।