पर्सामा थप १४२ जनामा कोरोना पुष्टि, थपिएकामध्ये ४३ जना थुनुवा

२३ साउन, वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा रहेका छन् ।

वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार थपिएका संक्रमितमा २२ जना महिला छन् । संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार पत्ता लागेका संक्रमितमध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका हुन् । गत साउन १८ मा महानगरपालिकाले उक्त वडामा ‘मास ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो ।

वीरगन्ज–१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगन्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले विभिन्न मितिमा पक्राउ परेका थुनुवा र प्रहरीको स्वाब संकलन गर्दा ४३ जना थुनवा र एक प्रहरीमा संक्रमण पुष्टि भएको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top